यःमरी पर्व र यसको महत्व



यःमरी पर्व र यसको महत्व / तस्बिर: Surya prasad Lokaju


–सूर्यप्रसाद लाकोजू
प्रकृति र संस्कृतिले सम्पन्न विश्वका थोरै मुलुकहरूमध्ये नेपाल पनि एक हो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अनि उत्तर हिमालदेखि दक्षिण तराईसम्म प्राकृतिक विविधता मात्र छैन सांस्कृतिक विविधता पनि छन् । नेपालमा बसोबास गर्ने विभिन्न जातजातिहरूले यस्ता संस्कृतिका विराशत थामिरहेका छन् । यिनीहरूले वर्षभरिमा आफ्नो परम्परा, रितिरिवाज अनुसार असङ्ख्य चाडपर्वहरू मनाउने गर्दछन् । अनेकौं चाडवाड एकआपसमा सदभावका साथ मनाउनु नेपाली संस्कृतिको विशेषता हो । त्यस्ता विविध समुदायले विभिन्न कालखण्डमा मनाइने चाडपर्वका आफ्नै महत्व छन् । हाम्रो देश नेपालमा मनाइने यस्ता लोकप्रिय चाडपर्वहरूमध्ये यःमरी पर्व पनि एक हो । यो पर्व धान्य पूर्णेका दिन पर्दछ । त्यसैले यसलाई धान्य पूर्णे, यःमरी पुन्ही भन्ने गरिन्छ ।

https://youtu.be/mN8HTohLYDU


 यो पर्व विशेषगरी नेवार समुदायले मान्ने गरिन्छ । तर यसको विशेषताका कारण यो पर्व सबै समुदायमा लोकप्रिय बन्दै गएको देखिन्छ । विशेष गरेर यःमरीको स्वाद र यसले हाम्रो शरिरमा पार्ने सकारात्मक प्रभावका कारण यसको फैलावटले गति लिएको छ । यःमरी नेपाल भाषाको शब्द हो । नेपाल भाषामा यः को अर्थ मनपर्ने र मरीको अर्थ राटी भन्ने हुन्छ । यसरी यःमरीलाई शाब्दिक रूपमा अथ्र्याउँदा यसको अर्थ मनपर्ने रोटी भन्ने हुन्छ । यःमरी नेवार समुदायमा प्रचलित चामलको पिठो, चाकु, तिलबाट बनेको एक प्रकारको खाने परिकार हो ।
 यो पर्वमा घरघरमा यःमरी लगायत भोजका विभिन्न परिकार बनाउने गरिन्छ । यःमरी बनाउनका लागि तिहारमा लक्ष्मीपूजा गरेको धान पेलेर चामल बनाइन्छ । त्यो चामलबाट बनेको पिठो यःमरी बनाउन प्रयोग गरिन्छ । विशेष गरेर ताइचिन चामलको पिठोमा तातो पानी हालेर राम्रोसँग मुछ्ने काम हुन्छ । विहान सबेरै उठेर शुद्ध भई तयार पारिएको चामलको पिठो, चाकु र तिलको मिश्रणबाट यःमरी बनाइन्छ । सुरूमा पिठोका स–साना डल्लाबाट विभिन्न आकारका यःमरीहरू बनाइन्छ । त्यसपछि चाकु र तिलको मिश्रणभित्र हालेर आकार दिइएको यःमरीलाई बन्द गरिन्छ । त्यपछि यसलाई बफाएर पकाइन्छ । पहिले पहिले यःमरी पिंढमा साना साना प्वाल भएको माटोको विशेष प्रकारको भाँडोमा बफाउने प्रचलन थियो । त्यस्तो भाँडालाई नेपाल भाषामा पोटासी भन्ने गरिन्छ । तर अहिले मानिसहरूले यःमरी पकाउन म. म. बफाउने भाँडाको पनि प्रयोग गर्न थालेका छन् । 
 यःमरी चाकु र तिलको मिश्रणबाट मात्र होइन भिजाइएको मासलाई पिनेर मसलाहरू मिसाएर पनि बनाउने चलन छ । आजकाल त खुवा राखेर पनि यःमरी बनाउने चलनको थालनी भएको छ । कसैकसैले मासु हालेर पनि यःमरी बनाएर खान्छन् । यसरी विहानै उठेर चोखो गरी पकाइएका यःमरी पाक्ने वित्तिकै खान पाइँदैन । विधिपूर्वक पूजा गरिसकेपछि मात्र चाख्न पाइन्छ । यःमरी पूर्णेका दिन नयाँ धानको रासमा भगवान कुबेर, लक्ष्मी, गणेश, कुमार सूर्य, चन्द्रमा, महादेव स्थापना गरी यःमरी राखेर विधि पूर्वक पूजाआजा गर्ने प्रचलन नेवार समुदायमा रहेको छ ।  यसरी विधिपूर्वक पूजा गर्दा घरमा सुख, ऐश्वर्यको बास हुने जनविश्वास रहेको छ । यसरी पूजा गरेको प्रसाद त्यही दिन नझिकिकन चारदिनपछि मात्र झिक्ने चलन छ । चारदिनपछि चौथीका दिन पुन. पूजा गरी प्रसाद झिकेर परिवारका सबै सदस्यहरूमा बाँड्ने गरिन्छ । सोही दिन नेवार समुदायमा स्थानीय देवीदेवताहरूको पूजा गर्ने परम्परा रहेको छ । यसै दिन पनौतकिो धनेश्वर महादेवको मन्दिरमा ठूलो मेला लाग्दछ भने पनौतीकै काठुं गणेशको भब्य जात्रा हुने गर्दछ । काठमाडौमा ठूलो आकारको यःमरी बनाई ज्यापू दिवश मानाउने प्रचलन पनि कायमै रहेको छ ।
 धेरै पहिलेदेखि चल्दै आएको यो चाडका बारेमा एउटा किंवदन्ती प्रचलित छ । किंवदन्ती अनुसार धेरै वर्ष पहिले पाञ्चालनगर (हालको पनौती) मा सुचन्द्र नाम गरेका एकजना महाजन थिए । उनी निकै धर्मात्मा थिए । उनकी पत्नी पनि दयालु र लच्छिनकी थिइन् । तिनीहरूका कुनै सन्तान थिएनन् । दुई पतिपत्नीको सानो परिवार थियो । तिनीहरू भगवान् विष्णुका भक्त थिए । एकपल्ट मार्ग शुक्ल पूर्णिमाका दिन विहान सबेरै सुचन्द्र दम्पतीले घरलाई सफासुग्घर गरी शुद्ध पारेर यः मरी बनाउन थाले । त्यसैबेला भगवान् कुवेर घुम्दै त्यहाँ आइपुगे । कुबेर भगवानले तिनीहरूको कीर्ति थाहा पाइसकेका थिए । त्यसैले सुचन्द्र र उनकी पत्नीको परीक्षा लिने विचारले गरे । कुबेर  तिनीहरू कत्तिका धर्मात्मा र दयालु रहेछन् भनी बुझ्न गरिब ब्रा≈मणको भेष बदलेर सुचन्द्रको घरमा भिक्षा माग्न गए । यसरी धान्यपूर्णेका दिन गरिब ब्रा≈मण भिक्षा माग्न आएको देखेर सुचन्द्र दम्पतीले भिक्षा मात्र नदिई ती गरिब ब्रा≈मणलाई स्वागत गरी घर भिœयाए । ब्रा≈मण अन्त पनि भिक्षा माग्न जान हतारिएकाले चा“डै केही खुुवाएर पठाउने तिनीहरूले विचार गरे । अतिथिको सत्कार गर्नु भनेको भगवान्को सत्कार गर्नु हो भन्ने सम्झेर गरिब ब्रा≈मणलाई अतिथि मानी आफूहरूले बफाइराखेको यःमरीसहित विभिन्न परिकार राखी श्रद्धापूर्वक भोजन गराए । तिनीहरूको अतिथिप्रतिको यस्तो सम्मान र भक्ति देखेर कुवेर भगवान् प्रसन्न भई आफ्नो असली स्वरूप तिनीहरूलाई देखाए । साक्षात् कुवेर भगवान्को दर्शन पाएर सुचन्द्र दम्पती खुसी भए । 
 भगवान् कुवेरले ‘म कुवेर हु“’ भन्दै आफ्नो परिचय दिई सुचन्द्र दम्पतीलाई यः मरी पूर्णेमा यः मरी पूजा गर्ने विधि बताइदिए । धानको भकारीमा लक्ष्मी, कुमार, गणेश र कुवेरको प्रतिरूप राखी यःमरीका साथ विधिपूर्वक पूजा गर्ने विधि पनि बताइदिए र यसबाट घरको सुख–ऐश्वर्यमा वृद्धि हुने कुरा पनि बताए । आफूस“ग ल्याएको बिमिरो पनि कुवेरले सुचन्द्रदम्पतीलाई दिए । त्यसपछि भगवान् कुवेर अन्तध्र्यान भए । सुचन्द्र महाजनले पनि कुवेरले भने बमोजिम पूजा गरेर चार दिनपछि प्रसाद झिके । प्रसाद रूपी यःमरी उनले बा“डिदिए । त्यसको प्रतापले उनीहरूको घरमा सुख–ऐश्वर्यले बास ग¥यो । पूजाकै प्रभावले दुई दम्पती सुखपूर्वक रहन थाले । दिन, हप्ता, महिना, वर्ष हु“दै यो कुरा सबैतिर फैलिन थाल्यो । त्यसपछि सबैले यसलाई पर्वको रूपमा मनाउन थाले । 
 तिहारमा देउसी भैलो खेले जस्तै यःमरी पर्वमा पनि साँझमा यःमरी माग्न जाने चलन छ । आफ्नो समुदायमा प्रचलनमा रहेको विभिन्न लोकभाका गाउँदै यःमरी माग्ने प्रचलन चल्दै आएको छ । त्यस्ता जनश्रृतिहरूमध्ये यहाँ एउटा उदाहरणार्थ प्रस्तुत छः
 ‘यःमरी चुईँ चुइ छुचुँ मरी आइँ 
 ब्यूसा ल्यासे मब्युसा बुरीकुटी ।’

 यःमरी पूर्णेका दिन यःमरी माग्ने चलन पुरानो हो । यःमरी माग्नु भनेको खानलाई मात्र नभई रमाइलो गर्न र सांस्कृतिक परम्परा धान्न पनि हो । अहिले त केही स्थानहरूमा यःमरी माग्दा प्राप्त भएको रकमबाट सामाजिक कार्य गरेको पनि पाइएको छ । यसरी यःमरी माग्ने र आशिक दिने काम अबेरसम्म चल्दछ । 
 यःमरी बनाउने काम पनि एउटा महत्वपूर्ण कला हो । पहिलो प्रयासमै एकैपल्ट यःमरी बनाउन कठिन हुन्छ । तर मनमा इच्छा भयो भने यःमरी बनाउने तरिका सिक्न गाह्रो हुँदैन ।  नेवारी समुदायमा यःमरी बनाउने तरिका एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै जान्छ । पुराना पुस्ताबाट नयाँ पुस्ताले सिक्दै जान्छन् ।
 यःमरी पर्वको सांस्कृतिक महत्व त आफ्नै ठाउँमा छँदै छ । यस पर्वको वैज्ञानिक महत्व पनि कम छैन । मङ्सिर–पौष महिनामा मनाइने यो पर्वको उपादेयता विज्ञानका दृष्टिमा समेत उच्च रहेको छ । मङ्सिर–पौष महिना भनेको ज्यादै चिसो हुने समय हो । जाडोका कारण मानिसको मुटु नै काम्ने गर्दछ । यस्तो बेलामा शरिरलाई न्यानो बनाइराख्नसक्ने खाने कुराको आवश्यकता पर्दछ । शरिरको तापक्रमलाई सन्तुलित बनाई राख्न सकेनौं भने मानिसको मृत्युसमेत हुनसक्ने खतरा रहन्छ  । यस्तो समयमा शरिरलाई न्यानो बनाइराख्नका लागि न्यानो, बाक्लो लुगाका अतिरिक्त हामीलाई तातो बनाइराख्न सक्ने खाने कुरा पनि खानु आवश्यक हुन्छ । यःमरी यस्तै खाने कुरा हो जसले मानिसको शरिरको तापक्रमलाई सन्तुलित बनाइराख्न सहयोग गर्दछ । यःमरीमा भएको तिल र चाकुले त्यो काम गर्दछ । यो चिल्लोरहित स्वस्थ्यकर खानेकुरा भएकोले सबै उमेरका मानिसहरूले खान सक्छन् । वास्तबमा नेवार समुदायले मान्ने हरेक चाडपर्व प्रकृतिपरक रहेका छन्, मौसम अनुकुलका छन् । यो पर्व पनि मौसम अनुकुलकै  चाडको रूपमा लिन सकिन्छ ।  
नेवार समुदायको सामाजिक जनजीवनमा पनि यसको ठूलो महत्व रहेको छ । दुईदेखि बाह्र वर्षसम्मका बालबालिकाहरूको जोर परेको वर्षमा जन्मदिन मनाउँदा वर्ष अनुसारकै सङ्ख्याको यःमरी राखेर माला गाँसी लगाइदिने चलन रहेको छ । गर्भवती महिलालाई बच्चा जन्माउनुभन्दा केही समय अगाडि माइती र घरका तर्फबाट यःमरीसहित विभिन्न परिकार बनाई भोज खुवाउने प्रचलन रहेको छ । उपत्यकामा मच्छेन्द्रनाथको रथयात्रा चलाउँदा स–साना यःमरी बनाई छर्ने प्रचलन पनि रहेको छ । त्यस्तै बूढाबुढीको जङ्को (भीमरथारोहण) गर्दा पनि यःमरी आवश्यक  पर्दछ ।
 यःमरी पर्वले ख्याती बढाउँदै लगेको छ । यसको लोकप्रियता आज नेवार समुदायमा मात्र सिमित छैन । यो पर्व सिङ्गो नेपालको सांस्कृतिक पर्व हो ।

https://youtu.be/mN8HTohLYDU