केपी र राजेन्द्रको जोडी कसरी मिल्न सके होलान?
२०७२ सालतिर प्रधानमन्त्री खड्ग प्रसाद ओली र आज उपप्रधानमन्त्रीमा नियुक्त राजेन्द्र महतोलाई विपरित धारमा उभ्याएर एमालेजनहरूले ब्याख्या गर्थे ।
एमालेजनको नजरमा नाकाबन्दी गर्ने दक्षिणपरस्त खलनायक थिए राजेन्द्र महतो अनि नाकाबन्दीको सामना गर्ने राष्ट्रवादी नायक खड्ग प्रसाद ओली । रानीको जन्मोत्सवमा चक्लेट बाँडेझैं नागरिकता बाँडिने चिज होइन भन्ने ओली र अंगिकृतको व्यवस्थाहटाई विहे गरेको दिनदेखि नै विदेशीले नागरिकतासहित सबै अधिकार पाउनुपर्ने अडान राख्ने राजेन्द्र महतो । ६ वर्ष बित्दानबित्दै यी दुईमा गजबको तालमेल देखियो । राष्ट्रवादी ओलीले मध्यरातमा भारतिय जासुसी संस्था रका प्रमुखलाई सुटुक्क आतिथ्यता प्रदान गर्छन् , नागरिकता चक्लेट बाँडिएजस्तो होइन भन्ने आफ्नै विगतको भनाईले कुरीकुरी गर्नेगरी १८० डिग्रिमा फन्कोमारी अध्यादेश ल्याईदिन्छन् । ओलीमा यति धेरै परिवर्तन आउँदा भारतपरस्तको आरोप लाग्ने महतोमा तात्विक परिवर्तन के आयो कम्तिमा मैलेचाहिँ ठम्याउन सकिन ।
त्यसैले, हे राष्ट्रवादी ओलीले नेतृत्व गरेका एमालेजनहरू हो तपाईं नै एकपटक भनिदिनुहोस्न राष्ट्रवादी ओली प्रधानमन्त्री र दक्षिणपरस्तको आरोप लगाईएका महतोहरू उपप्रधानमन्त्रीसहित एक ठाउँमा हुने अवस्था कसरी आइपुग्यो ? कित भनिदिनुहोस ओली राष्ट्रवादी थिएनन् र होइनन् या नभए भनिदिनुहोस महतोहरूमाथि लगाईएको आरोप गलत थियो ।अथवा यो बताईदिनुहोस् यी दुवै एकै ठाउँमा आउँदा एक न एकले त आफ्नो धार पक्कै छोडेकै होलान् अनि त्यो छोड्ने ओली होलान् कि महतो ? जे होस् , उपप्रधानमन्त्री महतोलगायत नवनियुक्त सबै मन्त्रीहरूमा हार्दिक बधाई ।