चार सय केजी गाँजा सहित ३ जना पक्राउ
गाँजा सहित ३ / तस्बिर: enewspathshala
उदयपुरको बेलका नगरपालिका क्षेत्रबाट ४ सय केजी गाँजा सहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बेलका–८का २७ वर्षीय गोकुल राई, बेलका–७ का २९ वर्षीय मनोज राई र सुनसरीको बराहक्षेत्र नगरपालिका–१का २३ वर्षीय मनिष धामी रहेका छन् । गाँजाको अवैध कारोबार भईरहेको सुचनाका आधारमा इलाका प्रहरी कार्यालय रामपुर, ठोक्सिलाबाट गएको प्रहरीको बिशेष टोलिले उनीहरुलाई बेलका–८, सिरुवानीबाट विहीबार विहानको २ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
उनीहरुले को.१ ज २७६१ नम्बरको पिकअपमा १६ वटा बोरामा हाली त्रिपालले छोपेर ल्याउँदै गरेको अवश्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ६३ हजार २५ रुपैयाँ नगद र ४ वटा मोबाईल सेट समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, उदयपुरका सुचना अधिकारी डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए । पक्राउ परेका अभियुक्तहरुलाई लागुऔषध कारोबार ऐन २०३३ अनुसार आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाउन अदालतबाट १० दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।