आफ्नो निर्वाचन क्षेत्रमा योजना पार्न प्रधानमन्त्री र सभामुखको दबाब

आफ्नो निर्वाचन क्षेत्रमा योजना पार्न प्रधानमन्त्री र सभामुखको दबाब / तस्बिर: जावेद अली
प्रधानमन्त्री केपी ओलीलाई शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले टि्वटमार्फत सोधे, 'तपाईं देशको प्रधानमन्त्री कि दमकको मेयर ?' संसद्मा दुई तिहाइ बहुमत प्राप्त सरकारका प्रधानमन्त्रीलाई शर्माले यस्तो प्रश्न गर्नुको कारण थियो- बजेट आउनुअघि सार्वजनिक भएको प्रधानमन्त्रीको निर्वाचन क्षेत्रका लागि मागिएका ४ दर्जनभन्दा बढी योजनाको फेहरिस्त ।