आफुपनि हासौ र अरुलाई पनि हसाऔं !



आफुपनि हासौ र अरुलाई पनि हसाऔं ! / तस्बिर: enewspathshala

-
श्रीकृष्णलाई अनेक अप्ठ्यारा आए, तर उहाँ कहिल्यै दुःखी, चिन्तित र निरास हुनुभएन। हामी हरेकको जीवनको निश्चित अर्थ हुन्छ। जसरी श्रीकृष्ण जगत्मा व्याप्त अन्धकार, अन्याय र अत्याचार निर्मूल गर्न जन्मनुभएको थियो, हामी पनि जीवनमा सेवा, सत्कर्म र आनन्दको प्राप्तिका लागि जन्मिएका हौँ। खानु, पिउनु, सुत्नु र मोजमस्ती गर्नुमात्रै जीवन अवश्य होइन होला।

तर, हाम्रो जीवनको त्यो ‘मिसन’मा अघि बढ्दा थुप्रै दुःख र तनाव आउँछन्। त्यस्तो बेलामा दुःखी, निराश र हतास भएर बस्ने होइन; खुसी हुने हो, रमाउने हो। श्रीकृष्णको जीवन अचम्मको छ। उहाँ राजा पनि हुनुभयो, तर गोठालो भएर पनि जीवन गुजार्नुभयो। बाल्यावस्थामा उहाँले गरेका लीला कति रसिला! ती लीलाहरूको अर्थ नै हाँस्नु र हँसाउनु हो। कहिले दही चोरेको छ, कहिले दूध चोरेको छ त कहिले नुहाउँदै गरेका स्त्रीहरूको कपडा लुकाउने काम गरेको छ। सर्र हेर्दा सामान्य लाग्छ, तर त्यसले दिन खोजेको सन्देश गम्भीर छ। जीवनमा त्यसरी खुसी नहुने हो भने, नहाँस्ने हो भने र हलुका नहुने हो भने त्यत्रा अप्ठ्यारा र सङ्घर्षका धारिला क्षणलाई कसरी झेल्न सकिन्छ र ! त्यसैले कुनै पनि क्षण गम्भीर हुने होइन, बरु अत्यन्त हलुका, सरल र लीलापूर्ण हुने हो। गम्भीर हुने बेलामा होऔंला, तर हाँस्ने बेलामा हाँस्ने हो, हँसाउने हो, खुसी हुने हो, खुसी बनाउने हो।

- देवराज पुरूष

कर्म गर, फलको आशा नगर मानिसले चाहे जे गरोस्, यदि काम गर्दैन भने उसको जीवन निरर्थक हुन्छ । जो कर्मशील छ, उसले अवश्य पाउँछ । कर्महीनलाई कसैले केही दिँदैन । अर्जुन युद्धको कामबाट पछि हट्न खोजिरहँदा उहाँले यही भन्नुभएको छ, ‘साथी ! हेर, काम नगरी हुँदैन । यदि कोही पनि यहाँ काम नगरी बस्ने हो भने के होला ? वर्णशङ्कर पैदा हुन्छन् । मानिसको एक क्षण पनि कर्मले खाली छैन। हाम्रो कीर्ति, प्रसिद्धि, प्रतिष्ठा पनि यही कर्मसित जोडिएको छ। अकर्मण्य जीवन दुःखदायी हुन्छ ।

त्यसैले; उठ, जाग र कर्म गर।’ उहाँका अनुसार मानिसले कर्म गर्नु उसको अधिकार हो, तर फल उसको अधिकार होइन। एउटा किसानले धेरै मिहिनेत गर्न सक्छ, आवश्यक मलपानी पनि लगानी गर्न सक्छ, तर आशा गरेबमोजिम खेतीको उब्जनी नहुन सक्छ। त्यो उसको वशको कुुरा भएन। काम गर्दा निष्फल हुने भन्ने त प्रश्नै हुँदैन । केही न केही त अवश्य हुन्छ, तर आशा गरेबमोजिम नहुँदा दुःखी हुन सकिन्छ । तसर्थ, हाम्रो कर्तव्य भनेको कर्म गर्ने र आनन्दसित बस्ने हो, फलको चिन्तन गर्ने होइन। यसले, हामीलाई शान्ति दिन्छ ।

तर, कुनै पनि बहानामा कर्महीन हुनुहुँदैन, कर्महीन हुनु मर्नु बराबर हो। वर्तमानमा बाँच भगवान श्रीकृष्णको नवौँ सन्देश भनेको वर्तमानमा बाँच्नका लागि प्रेरणा हो। हामीलाई हिजो र भोलिका कुराले अवरोध गरिरहन्छन्। आँखाअगाडि जे छ, त्यो सत्य हो, बाँकी सबै भ्रम । अर्जुनले केके भनेर पन्छिन खोज्दा कृष्णले भन्नुभएको थियो, ‘तिमी यताउताका, हिजोभोलिका कुरा गरेर अगाडिको कतव्र्यबाट पन्छिन नखोज। वर्तमानमा कहिल्यै पनि दुःख हुँदैन । आफूले पूरा गर्नुपर्ने तत्कालको जुन जिम्मेवारी छ र जसले त्यसलाई बिर्सन्छ, उसका दुर्दिन सुरु हुन्छन्।

के होला, कसो होला भन्ने कल्पनाले कहिल्यै शान्ति दिँदैन, शान्ति वर्तमानमा छ, कर्तव्य निर्वाह गर्नुमा छ ।’ हामीलाई बिगार्ने भनेकै भूतको पश्चात्ताप र भविष्यको चिन्ताले नै हो । त्यसलाई छोडौँ, खुसी बनौँ । हामीलाई बिगार्ने भनेकै भूतको पश्चात्ताप र भविष्यको चिन्ताले नै हो । त्यसलाई छोडौँ, खुसी बनौँ ।