आफू दुलोमा लुक्ने, हिप्पीहरू उचाल्ने ?
-सम थापा
३ फागुन ०७७ मा ओली नेतृत्वको सरकार गठन भएको दुई वर्ष पुगेलगतै सरकार ढाल्ने खेल सुरु भएका छ्न । एक पछि अर्को गर्दै ती खेलहरू नाकाम हुन थालेपछि कोरोना महामारीका नाममा बालुवाटारमा प्रदर्शन भएको छ ।
बालुवाटारको प्रदर्शन स्वतःस्फुर्त हो वा सुनियोजित वा ओली नेतृत्वको सरकार ढाल्ने षड्यन्त्रको पछिल्लो संस्करण ? प्रश्न खडा भएको छ । २८ जेठ ०७७ मा वालुवाटार प्रदर्शनको भोलिपल्ट वुटवल र पर्सिपल्ट देशका केही स्थानहरूमा छिटपुट रूपमा सरकार विरोधी नारा लागेका छ्न ।
सामान्य अवस्थामा पनि राजधानीका माइतीघर, शान्तिवाटिका र नया“ वानेश्वरमा दैनिकजसो विभिन्नखाले प्रदर्शन हुने गर्छन् । तर कोरोना महामारी नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनको अढाइ महिनापछाडि भएका यी प्रदर्शनबाट प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका केही नेताहरू त हौसिएका छन्् । उसो त सत्ताधारी दल नेकपाका केही नेता तथा कार्यकर्ताहरू पनि उत्तिकै उत्साहित भएका छन् ।
प्रधानमन्त्रीसमेत भइसकेका नेकपाका वरिष्ठ नेता झलनाथ खनालसमेत आफ्नै पार्टीको सरकारविरुद्ध जाइलागेका छन् । उनी सञ्चारमाध्यमहरूमा सरकारको विकल्प खोज्नुपर्ने भन्दै बोल्न थालेका छ्न । त्यसैगरी तत्कालीन नेकपा माओवादीको कोटामा सभासदसमेत भएका वामपन्थी विचारका विश्लेषक भनिने हरि रोकाले समेत ओली सरकारको विकल्प खोज्नु पर्ने बेला आएको लेख लेख्न सुरु गरेका छन् ।
सत्ताधारी पार्टी भित्रैबाट सरकारको विरोध हुँदै आएको कुरा नौलो होइन । यस्तो विरोध संसारका कुनै पनि पार्टीभित्र देखिने गरेका छन । तर मुलुकको सबैभन्दा ठूलो पार्टी नेकपाभित्रैबाट आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीको सार्वजनिक रूपमा विरोध गर्नु र राजीनामासम्म मागिनुलाई नेकपाभित्र अनुशासन पद्धति अत्यन्तै कमजोर रहेको देखिएको छ ।
ओली नेतृत्वमा ३ फागुन ०७४ मा करिव दुई तिहाइको सरकार गठन भएदेखि पार्टीभित्रैबाट सरकारलाई असहयोग हुँदै आएको छ । दुई अध्यक्षबीच आलोपालो गरी सरकारको नेतृत्व गर्ने भन्ने अलिखित सहमतिको दुहाइ दि“दै पार्टीको मूल नेतृत्वको एक हिस्सा सरकारविरुद्ध षड्यन्त्र रच्दै आएको छ । पछिल्ला पा“च महिनामा आधा दर्जन पटक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सहयोद्धा कमरेडहरूले रचेका षड्यन्त्रहरूको सामना गर्नु परेको छ ।
कोरोनाजस्तो विश्व महामारीको भयावह अवस्थामा पनि प्रधानमन्त्रीले आफ्नैहरूबाट शत्रुवत व्यवहार खेप्नुभयो । तैपनि सरकारले कोरोनाविरुद्ध खरो उतारिरहेको छ । भारतद्वारा अतिक्रमित लिम्पुयाधुरा, कालापानी र लिपुलेकका सन्दर्भमा प्रधानमन्त्री ओलीले देखाउनु भएको अदम्य साहस र निर्णयले मुलुकको शीर उचो भएको छ ।
सारा नेपालीले गौरव महसुस गरिरहेका बेला प्रतिपक्ष तथा सत्ता पक्षका नेताहरू यो एतिहासिक नेतृत्वको विकल्प खोज्नु पर्ने कुतर्क गरिरहेका छन् । काठमाडौंलगायतका स्थानमा भएका ‘हिप्पी शैली’को प्रदर्शनले सत्ताको विकल्प खोज्नेहरूलाई झिनो रूपमा उत्साहित बनाएको छ ।
कोरोनाको संक्रमणबाट नागरिकलाई जोगाउन सरकारले गरेको लकडाउनको उल्लंघन गर्दै केही अराजक जत्थाहरू सडकमा नारा जुलुस गरिरहेका छ्न । सडकमा नारा जुलुस गरेर कोरोना महामारीलाई जित्न सकि“दैन भन्ने थाहा हुँदाहुँदै पनि यिनीहरू सडकमा सरकार विरोधी नारा लगाउ“दै उफ्रिरहेका छन । जसको कुनै औचित्य छैन ।
एकातिर कोरोनाको भय र त्रास अर्कोतिर यसबाट जोगिन लगाउनु परेको लकडाउनले जनताको दैनिक जीवनलाई कष्टकर बनाई दिएको छ । उत्पादन, सेवा, रोजगारलगायतका सबै क्षेत्र संकटमा छ्न ।
सरकारका आयस्रोतका क्षेत्रहरू समेत निष्क्रिय हु“दा संकट चुलिएको छ । यो समस्या यतिबेला विश्वभरी छ । जसरी सन् १३४७ जतिबेला देखापरेको ब्ल्याक डेथ नाम दिइएको महामारीले विश्वभर संकट उत्पन्न गरेको थियो । कोरोनाले पनि वर्तमान विश्वलाई गम्भीर संकटमा पार्ने संकेत देखापरिरहेका छ्न । कोरोना विश्वव्यापी संकट हो । योसँग सबै मिलिजुली जुध्नु पर्ने अवस्था छ । तर बालुवाटार र मण्डलामा प्रदर्शन गर्ने हिप्पीहरू केपी शर्मा ओली नेतृत्वको सरकारले फैलाएको महामारी हो भने जसरी नारा जुलुस गरिरहेका छ्न ।
स्थितिको गाम्भीर्यता बुझ्ने चेत नभएका, सामाजिक सञ्जालको प्लेटफर्ममार्फत सडकमा जम्मा हुने र नारा बजाइहाल्ने यिनीहरूले बोकेका प्लेकार्डमा लेखिएका उत्ताउला नाराले पनि यस्ता व्यक्तिहरूको राजनीतिक चेतलाई दर्शाउँछ ।
अश्लील ,उत्ताउला र राज्यसत्तास“ग असम्बधित नाराले चेतनशील नागरिकलाई बालुवाटार प्रदर्शनका सहभागीहरूका हर्कतले लज्जित मात्र बनाएको छैन, मुलुकमा अस्थिरता र अराजकता बढाउन मलजल पनि गरेको छ ।
यिनै हिप्पीहरूको सिट्टीको आवाज सुनेर लकडाउनमा ‘स्टे सेफ स्टे होम’ पालना गर्दै लक्ड भई बसेका केही मानिसहरू सडकमा देखिनुलाई प्रतिपक्षी नेपाली कांग्रेस र सत्ताधारी नेकपाका २÷४ जना नेताले दन्तबझान गर्नुले कोही फरक पर्नेवाला छैन ।
करिब दुई तिहाइसहित पाँच वर्षको लागि जनादेश प्राप्त यो सरकारलाई झूठा र फितला आरोप लगाई ढालेर ओलीको कुर्सीमा आफू बस्न सकिन्छ कि भनी खुराफाती दिमाग चलाउने नेकपाभित्रकै लोभी पापीहरूको चरित्र उदाङ्गो भइसकेको छ ।
गणतन्त्रको स्थापनास“गै श्रमजीवी र सर्वहारा वर्गका दुश्मनहरू समाप्त भइसकेका छ्न । पार्टीलाई वाहिरी दुश्मनबाट पनि खतरा देख्न छाडिएको छ । तर पार्टीभित्रै असंख्य दुश्मन कमरेडको भेषमा नेकपाभित्रै दिनरात सक्रिय छ्न । उसो त कम्युनिस्ट पार्टी सत्तामा पुगेपछि पार्टीभित्रै दुश्मनहरू जन्मिन्छ्न् र आफ्नै सत्ताविरुद्द षड्यन्त्र गर्छन । त्यस्तै अवस्था नेकपामा देखापरिरहेको छ । कोही प्रत्यक्ष रूपमा षडयन्त्रमा सामेल छ्न त कोही हिप्पीहरू उचालेर विरोधी मानसिकतालाई बढावा दिइरहेका छन ।
सत्ता उलटपलट गर्नसक्ने हैसियतमा न रहेको र संसदमा पनि सानो आकारमा खुम्चिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना समर्थक र शुभचिन्तकको मन राख्न सरकारको विरोध गर्नु स्वभाविकै हो । तर प्रतिपक्षी पार्टीभन्दा चर्को शैलीमा सत्ताधारी पार्टीका वरिष्ठ नेतासमेतले सामाजिक सञ्जाल र सञ्चारमाध्यमलगायत सार्वजनिक प्लेटफर्ममा सरकारको विरोध गर्न असजिलो मान्नुपर्ने हो ।
सत्ताधारी पार्टीका नेताहरूलाई सत्ता सञ्चालनका क्रममा देखिएका कमी–कमजोरीहरू बालुवाटारसम्म सेयर गर्न कठिन नहोला । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पक्कै पनि आफ्नै पार्टीका नेताका स्वच्छ मनले बोलेका कुरा सुन्ने र मनन गर्ने कोसस गर्नुहोला । यस्तो सुविधाको निकट पुग्नचाहि“ वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीलाई सञ्चार माध्यमबाटै चेतावनीपूर्ण शब्दमै हमला गर्नु अनुशासनको उल्लंघन हो ।
पार्टी अध्यक्ष र प्रधानमन्त्रीसमेत भइसकेका खनालका पछिल्ला अभिव्यक्तिहरू कोरोनाको निहुँमा सरकारको विरोध गर्ने हिप्पी जत्थाकै जस्ता छ्न । देव गुरुङ, हरिवोल गजुरेल, रघुजी पन्त, लीलामणि पोख्रेल र भीम रावलहरू प्रतिपक्ष पार्टीको शैलीमा सरकारको विरोधमा निरन्तर खनिनु पर्ने के बाध्यता आइलाग्यो ? बुझ्न सकिएको छैन । वहस र छलफलका लागि पार्टीभित्रै विधि र प्रक्रियाहरू छ्न ।
पार्टीमा अनुशासनको नापजोख गर्ने पनि केही निकाय त होला । तर यी नेताहरूले पार्टीका विधि, प्रक्रिया र अनुशासनलाई धोती लाइदिएका छ्न । यिनको सिको गर्दै नयाँ पुस्ताकी रामकुमारी झाँक्रीहरू सामाजिक खपतका लागि आफ्नै सरकार र पार्टीको मूल नेतृत्वमाथि विषवमन गरिरहेका छन् ।
(२०७७ असार १५ गते साँघु साप्ताहिकमा प्रकाशित लेख)