स्याङ्जा समाज जापान नागोयाले ‘प्रवासी स्याङ्जाली’ स्मारिका प्रकाशन गर्ने
स्याङ्जा समाज जापान क्षेत्रिय समिती नागोयाले ‘प्रवासी स्याङ्जाली’ नामक स्मारिका प्रकाशन गर्ने भएको छ ।
समाजले नेपाली नयाँ बर्ष २०७९ को अवसरमा स्मारिका प्रकाशन गर्ने तयारी थाल्दै रचना आह्वान समेत गरेको छ । गत मंगलबार बसेको समाजको नियमित बैठकले आउने नेपाली नयाँ बर्षमा स्मारिका बिमोचन गर्ने हेतुले अध्यक्ष निशान रानाको सयोजकत्वमा कार्यबिभजन गरी प्रवासमा बस्ने नेपालीप्रति रचना आह्वान गरेको छ ।
एक अर्काको ज्ञान तथा अनुभव आदानप्रदान होस् भनी समाजले प्रकाशन गर्न लागेको यस स्मारिका जापानबासी वा प्रवासी नेपालीहरुका लागि अत्यन्त उपयोगी हुने अध्यक्ष रानाले बताए । उनले यस कार्यमा जापानमा बासोबस गर्ने नेपाली समुदायको पूर्ण साथ सहयोग रहने कुरामा पनि आफु विश्वस्त रहेको जानकारी दिए ।
प्रकाशन गर्ने स्मारिकामा जापानबासी नेपाली सर्जकहरुले आफ्ना रचनाहरु (कविता, गजल, हाइकु, सायरी, लघुकथा, आफ्ना अनुभव, लेख तथा अन्य) पठाउने सक्ने बताइएको छ । इच्छुक ब्यक्तिले लेख तथा रचना आफ्नो एकप्रति फोटो र परिचय खुल्ने गरी पठाउन समाजका महासचिव मनोज ढुंगानाले अनुरोध गरेका छन् । रचना तथा लेख २०२२ फेब्रुवरी २० सम्म इमेल ठेगाना ssjnagoya@gmail.com मा अथवा निसान राना (०८०–४५३१–०३९३) तथा राजेन्द्र लम्साल (०८०५१७०७०७०) मा सम्पर्क गरेर पठाउन सकिने आयोजकले जनाएको छ ।