‘सपनाको उडानले’ उडान भर्दै



सपनाको उडान / तस्बिर: enewspathshala

उपन्यासकार ज्ञानहरि घिमिरेद्वारा लिखित हालै प्रकाशित उपन्यास ‘सपनाको उडान’ले व्यापक रूपमा उडान भरिरहेको छ। निम्नमध्यम वर्गीय परिवारका अभिभावक सहित आफ्नो सपना पूरा गर्न लागि पर्दै गाउँबाट सहर र स्वदेशबाट विदेश हान्निएको एउटा विद्यार्थीको भोगाइ र ऊ विभिन्न आरोह अवरोहबाट गुज्रिएको घटना परिघटनाहरू समेटिएको यस उपन्यासका धेरै ठाउँमा पाठकका मन छुने घटनाहरू घटित भएका छन्। एउटा विद्यार्थीले देखेका सपनाले लिएको अनेक मोडलाई निकै रोमान्चक प्रेम प्रसंगले कथालाई अझ हृदयस्पर्शी बनाएको छ । यो पुस्तक पढ्न शुरू गरेपछि पूरा नसकिन्जेल छोड्न मन नलाग्ने बताउॅछन् पाठकहरू । 

पाठकलाई धेरै ठाउॅंमा सकारात्मक सोचले अभिप्रेरित गर्ने यस उपन्यासमा प्राज्ञ डा. गीता त्रिपाठीले भूमिका लेख्नुभएको छ। गणितमा स्नातकोत्तर गरेका उपन्यासकार घिमिरे आफ्नो परिवारसहित हाल अमेरिकाको बाल्टिमोर सहरमा बस्दै आएका  छन् । उनी भन्छन् ‘यसबाट जम्मा भएको सम्पूर्ण रोयल्टी नेपालका  गरिब विद्यार्थीको लागि खर्च गरिनेछ।’

उपन्यासकारका अनुसार यो पुस्तक नेपाल र अमेरिकाका बिभिन्न सहरहरूमा बिक्रीवितरण भइरहेको छ। पाठकको माग अनुसार अब छिट्टै अरु देशहरूमा पनि पठाउने तयारी भइरहेको छ।