भरोसा !



मुक्तक भरोसा / तस्बिर: Enewspathshala

 

उसकै घरको दलानमाथिको दलिनमा
गौथलीले गुण लगायो,
घरको भरोसा गर्यो,
घरजम बसायो ।

उसकै घरको बार्दलीमाथि 
परेबाको बथान अायो,
त्यही घर  
अनि 
आफ्नो परिवारको भरोसा गर्यो ।
घरजम बसायो ।
तर उसले
त्यही घरजम बसाउँदा लागेको ऋण सम्झियो,
साहुको दुर्व्यवहार सम्झियो,
लालाबालाको निन्याउरो अनुहार सम्झियो ।

अहिले ऊ
आफ्नो घरजम अडिने भरोसा नलागेर
बार्दलीकै एकजोर सेता परेवालाई
घरमाथिको मालिकाथानमा उडाएर 
परदेश पसेको छ ।

-राजेन्द्र पौडेल
जापान टोकियो