ओ ,आयल निगम
ओ ,आयल निगम
हुन त पदको सेटिंग हुन्छ ...भागबण्डा हुन्छ....तर यो भन्दा पनि बिकसित रुप आज पदको मोलमोलाइ हुन्छ ....पदको खुलमखुला मण्डी लाग्छ ..कसले कति बुझाउन सक्छ रकम ..कसले कति किलो वा ढक बुझाउन सक्छ रकमको ? जसले करौडौं करोडको बन्डल फ्याँक्न सक्छ देश का ठुला ठुला सार्वजनिक पदहरु उसको हुन्छ l
अनि यसरी खरिद गरेको पद वा बिक्रि भएको सार्वजनिक पद हरु कसरी जनमुखी ..उत्तरदायी बन्न सक्छ ?
तथापी हामि अझैं पनि त्यस्ता पदहरु बाट जनमुखी अनि उत्तरदायी भूमिकाहरुको अपेक्षा गर्न भने छोड्दैनौं ....कति लाचार अनि कति बिबश लोकतन्त्र !कोरनाको मारमा परेर भर्खरै क्रमश तङ्ग्रीन खोज्दै गरेको समाज अनि जीवनहरु तथापी त्यै माथि अप्राकृतिक अनि छाडा महंगीको चपेटा मा थिलो थिलो अवस्था हुँदा हुँदै ...अब फेरि हठात इन्धन को यो मूल्य वृद्धि को घोषणा ...यो लुट नभएर अरु के हुन् सक्छ ?
आयल निगमका प्रमुख सुरेन्द्र पोखरेल प्रति आक्रोश हैन प्रश्न छ ...
के तपाईलाई आफ्नो लगानी उठाउन यहीं समय नै बेस लाग्यो ? के तपाईमा अलिकति पनि लज्जाबोध हुन्न ? तपाई भित्र अलिकति जमिर कतै शेष छ कि नाइँ ? के तपाईहरुलाई बोनस नपुगेको हो ?
अस्तु
-लक्ष्मण श्रेष्ठ, टोकियो