विमल स्मृति कविता महोत्सवमा ‘मृतिका सुगन्ध’ प्रथम



कविता महोत्सवमा / तस्बिर: enewspathshala

सोलुखुम्बुका गणेश खतिवडा धरानमा आयोजित राष्ट्रिय कविता महोत्सवमा प्रथम भएका छन् । कवि विमल गुरुङ स्मृति पुस्तकालयद्वारा आइतबार आयोजित कविता महोत्सवमा उनले ‘मृतिका सुगन्ध’ शीर्षकको कविता वाचन गर्दै प्रथम भए । 
कवि स्वर्गीय गुरुङको ५० औं जन्मजयन्ती र ३० औं राष्टिूय कविता महोत्वमा प्रथम भएका  खतिवडाले नगद २१ हजार रुपैंया र प्रमाणपत्र हात पारे । धरान(१८ बुद्धचोकस्थित पुस्तकालाय भवनमा आयोजित कविता महोत्सवमा झापाका प्रकाश निरौला द्धितिय भए । उनले ‘गाउंका कविता’ शीर्षक कविता सुनाएका थिए भने खोटाङका मुकुन्दकृष्ण थापाका तृतीय भए । थापाले ‘राहदानीको विलौना’ सुनाएका थिए । उनीहरुले क्रमशः नगद १५ हजार रुपैया, ११ हजार रुपैया र प्रमाणपत्र हात पारे । उदयपुरका सुमित्रा पोखरेल र मोरङका नगेन्द्र सुवेदीले सान्तवना पुरस्कार नगद ५ हजार रुपैया पाए । 
आयोजक समितिले मुलुक भरीका कवि साहित्यकारहरुबाट ३ सय बढी कविता प्राप्त भएको र ती कविताको सर्टलिस्ट बनाएर उत्कृष्ट १० छनौट गरी कविहरु नै उपस्थित भएर वाचन गरेको आधारमा प्राडा गोपाल भण्डारी, डा.रमेश इजम र डा.महानन्द तिम्सिनाले निर्णय गरेका थिए । समारोहमा  समाजमा विभिन्न पक्षबाट योगदान दिने २१ जनालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । सम्मानित र विजेताहरुलाई धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले प्रमाणपत्र वितरण गरेका थिए ।

२ लाख रुपैयाको विमल कृति पुरस्कार घोषणा
विमल स्मृति पुस्तकालयका संरक्षक समेत रहेका पुणवहादुर गुरुङले नेपाली साहित्यको उन्नयनकालािग १ करोड ४ लाख रुपैयाको अक्षय कोष स्थापना गरेको बताए । कविता महोत्सवको अवसर पारेर गुरुङ र उनका छोरी शान्ति गुरुङले प्रत्येक बर्ष उत्कृष्ट एक पुस्तकलाई २ लाख नगदराशीको ‘विमल कृति पुरस्कार’ प्रदान गरिने घोषणा गरेका थिए । 
संरक्षक गुरुङले आगामी मंसिर १९ गतेकै दिन पारेर नगद २ लाख रुपैयाको ‘विमल कृति पुरस्कार’ प्रदान गरिने घोषणा गरे । स्वदेश र विदेश बस्ने नेपाली भाषी लेखक साहित्यकारहरुले लेखेका उत्कृष्ट पुस्तकलाई आगामी ०७९ सालको मंसिर १९ गतेदेखि प्रदान गरिने पुस्तकालयका संरक्षक अध्यक्ष पुर्णवहादुर गुरुङले बताए । व्रिटिश गोर्खा लाहुरे पुर्णवहादुर गुरुङ र उनका स्वर्गीय श्रीमति सरस्वति गुरुङ र छोरी शान्तिले १९ बर्षको आयुमा ०४८ साल बैशाख २४ दिवंगत भएका कवि विमलको स्मृतिमा बुद्धचोकमा पुस्तकालाय स्थापना गरेका हुन् ।