खानेपानी समस्या समाधान नभएपछि धरानका नगर प्रमुख कार्यकक्ष घेराउ



धरानका नगर प्रमुख कार्यकक्ष घेराउ / तस्बिर: enewspathshala

धरानवासीको खानेपानीको समस्या लामोसमय सम्म पनि समाधान नभएपछि उपभोक्ताहरुले धरान उपमहानगरपालिकाका मेयर तथा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष तिलक राईको कार्यकक्ष घेराउन गरेका छन् ।

बुधरबार प्रमुख तिलक राईलाई समस्या जानकारी गराउन उपमहानगर कार्यालय अघि पुगेका धरानवासीका समस्या सुन्न प्रमुख राई बाहिर नआएपछि उनीहरु कार्यकक्षमा नै पुगेका थिए । उनीहरुले पानी नदिने तर महशुल अत्यधिक लिने गरेको भन्दै नारावाजी समेत गरे । एउटा सामान्य परिवारको पहिला ३ सय रुपैयाँ महशुस उठ्ने ठाउँमा व्यवस्थापन बोर्ड आएपछि १२÷१५ हजार देखि १ लाख सम्म बिल आउने गरेको भन्दै उनीहरुले आक्रोश पोखेका थिए ।

खानेपानी पिडितहरु अभियन्ता हर्क साङपाङको नेतृत्वमा बिहीबार धरान उपमहानगर पुगेका थिए । उनीहरुले नगर प्रमुख तिलक राईको कार्यकक्ष घेराउ गरेर खानेपानी समस्या समाधान गर्न माग गरेका थिए । 

उनीहरुले पैसा लिएपनि धारा जडान नभएकाको अविलम्ब धारा जोडिदिन माग गरे । उनीहरुले भने, ‘धारा नजोडि दिने हो भने ब्याजसहित पैसा फिर्ता गर्नु प¥यो ।’ 
उनीहरुले धरान नगर प्रमुख तिलक राई खानेपानी परियोजनाकै मुद्धा उठाएर चुनाव जीति मेयर बनेको तर मेयर बनेपछि आफैं मिलेमतोमा लागेको आरोप लगाए ।