सडक दूर्घटनामा परि जापानको होक्काईदोमा एक नेपालीको मृत्यु



दूर्घटनामा होक्काईदोमा एक नेपालीको मृत्यु / तस्बिर: enewspathshala

जापानको उत्तरी राज्य होक्काईदोको नाकाशिवेचुचोमा बिहीबार दिउसो सवारी कार दूर्घटनामा परि एकजना नेपाली युवाको मृत्यु भएको छ।

तीन पुरूष र एक महिला सवार कार सडक किनारमा रहेको ट्राफिक संकेत चिन्ह बोर्डमा ठक्कर खाई दुर्घटना हुदॅा सिन्धुपाल्चोक घर भएका २७ बर्षिय बिरेन्द्र तामाङको मृ्त्यु भएको हो। जापानी संचारमाध्यमका अनुसार दिउसो करिव ३.३० बजे भएको दूर्घटना लगत्तै अस्पलाल पुर्याईएको भएपनि तामाङळाई दुई घण्टा पछि मृत्यु भएको घोषणा गरिएको थियो।

कितामी सहरको राजमार्गमा दूर्घटनामा परेका तामाङको टाउकोमा चोट लागेको थियो। प्रहरीका अनुसार हिउॅ जमेको सडकमा कार चिप्लिएर दूर्घटना भएको हुन सक्ने अनुमान गरेको छ भने घटना वारे थप अनुसन्धान भईरहेको बताएको छ।