तोचिगी क्षेत्रीय समितीको ब्यानर अनावरण कार्यक्रम समपन्न



तोचिगी क्षेत्रीय समितीको ब्यानर अनावरण / तस्बिर: enewspathshala

गैरआवसीय नेपाली संघ क्षेत्रीय समिती तोचिगीले एक औपचारिक कार्यक्रमका बिच ब्यानर अनावरण गरेको छ।

उक्त कार्यक्रमको सभापति संयोजक मंदिप क्षेत्री, अतिथीमा सल्लाहकार सुरेन्द्र अधिकार  रहनुभएको थियो। कार्यक्रम सफलताको शुभकामना NCC JAPAN का बरिष्ठ उपाध्यक्ष नबिन न्यूउरेले दिनु भएको थियो। शुभकामनाको क्रममा तोचिगी क्षेत्रीय समितीले गरेका कार्यहरूको उच्च मुल्याङक गर्दै आगामी दिनमा हुने कार्यक्रममा पनि केन्द्रले सधै हातेमालो गर्ने पनि प्रष्ट्याउनु भएको थियो। कार्यक्रममा समितीको पहिचान झल्कने नामाङकित पोशाक ( टिसर्ट ) र कार्यसमितीका समपूर्णलाई परिचय पत्र बितरण पनि गरिएको थियो । अतिथी सुरेन्द्र अधिकारीले बितरण पश्चात आगामी दिनमा यस संस्थाको लागी आबश्यक सहयोग गर्न तमतयार रहेको र तोचिगी क्षेत्रमा जापानीज समुदायमा नेपाल र नेपालीको ज्ञान सीप र क्षमताले हाम्रो देशको नाम उच्च राख्ने कामहरू गर्नु पर्ने कुरामा जोड दिनु भएको र साथै जापानमा नेपाली समुदायको जनसंख्या बृद्बि सगै धेरै दुर्घटना भईरहेकोमा चिन्तित हुदै यस किसिमबाट केहिहद सम्म पिडितलाई राहत हुने भन्दै जिवन बिमा गर्नुपर्ने बिषयमा ध्यान केन्द्रित गराउनु भएको थियो।

करिब कार्यकालको ६ महिना भित्र गरिएका क्रियाकलाप र आर्थिक सहयोगका बारेमा सहकोषाध्यक्ष अनिल कुमार किसानले पूरा विवरण दिदै पार्दशिता र आगामी कोषको संरचना बलियो बनाएर जाने जानकारी गराउनु भएको थियो। कार्यक्रम संचालक सहसचिव कपिल न्यौपानेले गर्नु भएको थियो भने समपूर्ण ब्यबस्थापन सचिव उत्तम खनालले गर्नु भएको थियो।कार्यक्रमको स्वागत मन्तव्य उपसंयोजक सन्तोष घिमिरेले गर्नुभएको थियो। उपस्थित सम्पूर्णको जिज्ञासाको प्रतिउत्तरमा यस क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली लाई एकिकृत गर्ने कार्यक्रम केहि महिना भित्र बृहतरूपमा संचालन गरिने, आगामी दिनमा अन्य क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने र केन्द्र संगको सहकार्यमा कार्यक्रम गरि यस समितीको २१-२३को कार्यकाल उदारहणीय बनाउने भन्दै सभापति मंदिप क्षेत्रीले कार्यक्रम समापन गर्नु भएको थियो।