गल्कोट समाजले हात पार्यो दोश्रो रनिङ कप भलिवलको उपाधी (फोटो)

गल्कोट समाजलाई रनिङ कप भलिवलको उपाधी / तस्बिर: Baglung Samaj
बाग्लुङ समाज जापानको आयोजनामा भएको दोश्रो रनिगं कप भलिवल प्रतियोगिताको उपाधी गल्कोट समाज जापानले हात पारेको छ।
सोमबार सिन्जुकु कस्मीक सेन्टरमा भएको प्रतिस्पर्धात्मक फाईनलमा गल्कोट स्पोर्टस क्लव जापानलाई हराउदै गल्कोट समाजले उपाधी जितेको हो। जितसंगै गल्कोट समाजले नगद दुई लाख ८५ हजार ५५५ येन तथा शिल्ड हात पारेको छ। भने उपविजेताले एकलाख ८५ हजार ५५५ येनमा चित्त बुझायो।
कुल नौ टिम सहभागि भएको खेलमा सेमीफाईनलमा उपविजेता भएका ताराखोला समाज र तल्लो लमही क्लवले समेत सात्वना पुरस्कार पाए। दुवैले नगद ५५ हजार ५५५ येन पुरस्कार समेत हात पारे।
प्रतियोगितामा विजेता तथा उपविजेताहरुलाई आयोजक समितिका कार्यवाहक अध्यक्ष यामकान्त कँडेल, पूर्वअध्यक्ष तथा एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठ, प्रतियोगिताका मुख्य रेफ्री नवीन गुरुङ, प्रतियोगिताका संयोजक बसन्त थापा लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
प्रतियोगितामा उत्कृष्ठ खेल प्रर्दशन गर्ने विजेता टिमका राजन मल्ल, वेस्ट स्पाईकर रेशम बस्नेत, वेस्ट सेटर महेन्द्र साहनी, वेस्ट डिफेण्डर मनोज केसी, वेस्ट कोच गल्कोट समाजका कोच लोकेस खत्रीलाई समेत पुरस्कार प्रदान गरिएको थियो। यस्तै जापानमा नेपालीहरुद्धारा संचालन गरिएको बीमा सेवा मिराई लाईफ ईन्स्योरेन्स कम्पनीबाट एक वर्षको बीमा सेवा प्रदान गरेको छ। समारोहमा मिराई लाईफका तर्फबाट आनन्द कोइरालाले बीमा सेवाको पुरस्कार हस्तान्तरण गर्नुभएको थियो।
यस्तै व्यक्तिगत तर्फका तीन खेलाडीलाई तीन हजार नगद पुरस्कार प्रदान गरिएको थियो। सो पुरस्कार वीएनपीजे मोवाईल वालेट र चोएसान एप्लिकेसनका तर्फबाट प्रतिनिधि सुजन श्रेष्ठले हस्तान्तरण गर्नुभएको थियो।