प्रवासी नेपाली एकता मञ्च, जापानद्वारा नयाँवर्षको शुभकामना कार्यक्रम आयोजना



प्रवासी नेपाली एकता मञ्च, जापानद्वारा नयाँवर्षको शुभकामना / तस्बिर: Japan

नेकपा एकीकृत समाजवादीको  भातृ संगठन प्रवासी नेपाली एकता मञ्च, जापानले अङ्रेजी बर्ष २०२२ को पूर्व सन्ध्यामा नयाँ बर्षको शुभकामना आदान-प्रदान र चियापान कार्यक्रम समपन्न गरेको छ ।

मञ्चका अध्यक्ष सागर रिजालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमूख अतिथि नेकपा एकीकृत समाजवादीको स्थायी कमिटि सदस्य तथा प्रवास इन्चार्ज श्री प्रसाद शाहले भिडियो लाइभ बाट शुभकामना मन्तब्य ब्यक्त गर्दै प्रवासी नेपालीहरुलाई शुभकामनाका साथ पार्टीको निती र वीचारका बारेमा प्रकाश पार्नु भएको थियो । सो अवसरमा जापानमा कृयाशिल एनआरएन जापान लगाएत दर्जन भन्दा बढी संघ सस्थाका अगुवा तथा प्रतिनिधिहरुले पनि आ-आफ्नो शुभकामना मन्तब्य ब्यक्त गर्नु भयो ।
अधिकांश बक्ताहरुले जापानमा रहेका नेपाली समाजको हितलाई केन्द्रमा राखी अहिले सम्म भए गरेका कुराहरुको समिक्षा सहित आगामी दिनमा एकता, आपसी सहयोग र मेलमिलापको सद्भभाव लाई अझै जोड दिदै अगाडि बढनु पर्ने बताउनु भयो ।

वक्ताको रुपमा नेपाल पर्यटन बोर्डका जापान प्रतिनिधी, पर्यटन दूत राजन कुमार पौडेल, पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष तिलक मल्ल, एन आर एन जापानका पूर्व अध्यक्ष ओम गुरूङ्ग अजिब, नेपाली जनप्रगतिशिल मञ्च जापानका ईञ्चार्ज रामहरी पुडासैनी, जनसंपर्क समिति जापानका महामन्त्री रामजङ्ग कार्की, नेपाली समाज जापानका उपाध्यक्ष प्रकास केसी लगायत बिभिन्न संगठनका अगुका नेताहरुले आआफ्नो वीचार ब्यक्त गर्नुभयो।

अध्यक्ष तथा अतिथी गणबाट दिप प्रज्वलन गरी राष्ट्रिय गान बजाएर कार्यक्रमको सुरुवात गरिएको थियो भने कार्यक्रमको सन्चालन प्रवासी नेपाली एकता मञ्च जापानका सचिव तथा कार्यक्रम संयोजक हरि लामिछानेले गर्नु भएको थियो ।