लक्ष्मणको ‘बेंसी वनमा फुल्यो धँयरो’
गायक लक्ष्मण लिम्बुको पूर्वेली गीत ‘बेंसी वनमा फुल्यो धँयरो’को भिडियो सार्वजनिक भएको छ ।
गीतमा लक्ष्मणसँगै मञ्जु लावतीको स्वर रहेको छ । खगेन्द्र पन्धाक लिम्बुको शब्द संगीत रहेको गीतको भिडियोमा गायक लक्ष्मणसँगै उषा लिम्बुले अभिनय गरेका छन् । लक्ष्मी डान्स सेन्टरको कोरियोग्राफी रहेको भिडियोको छायाँकन दिनेश राई र सम्पादन बसन्त राईले गरेका छन् ।
गायक लक्ष्मणले यसअघि पनि धेरै वटा गीत सार्वजनिक गरिसकेका छन् । उनी देशव्यापी गायन प्रतिष्पर्धा नेपाल स्टारका फाईनलिष्ट समेत हुन् । उनले पूर्वेली लोक, लिम्बु भाषाका गीत र नेपाली आधुनिक गीतहरु गाउँदै आएका छन् ।