द वड्स ब्यान्ड नेपाल



पागल / तस्बिर: गायक


“द वड्स ब्यान्ड नेपाल” एवम्, “डिपेस् एन्ड द ब्यान्ड जापान”का गायक दीपेश श्रेष्ठ हाल आफ्नो नयाँ सोलो एल्बम (साथित्व ) मा काम गर्दै हुनुहुन्छ। 

उही एल्बममा समाबेश गरिएको “पागल” गीत को नयाँ म्युजिक भिडिओ वहाँको आधिकारिक युटुब च्यालन मार्फत रिलिज भएको छ। 

यस् गीतको संगीत संयोजन द वड्स ब्यान्ड नेपालका गीतारवादक् सुदिप सिंह ले गर्नु भएको छ भने, 

म्युजिक भिडिओको निर्देशन/ छायांकन/ सम्पादन/क्यामरा को जिम्वेवारि सम्हाल्नु भएको छ । जापानमा लामो समय देखी एनिमेसन सम्बन्धी कार्य मा रहनु भएका सुदिप प्रधानले। 

https://m.youtube.com/watch?v=5yYX6M9xGw4&feature=youtu.be

यस् भिडिओलाई जापान को पर्यटकिय ठाउँ सिजुओका को समुन्द्री तट्हरु लगायत टोकियो सिबुयामा सुटिङ गरिएको छ। 

मोडलहरुमा प्रियान्का कार्की, उज्वल महर्जन, शार्दुल महर्जन ले काम गर्नु भएको छ । भिडिओलाई सबैले मन पराइएको गायकले बताउनु भयो ।

साथै ब्यान्डको प्रस्तुती मा गायक दीपेश श्रेष्ठ जापान मा  आवद्द रहदै आएको ब्यान्ड, “डिपेस् एन्ड द ब्यान्ड जापान” का  मेम्बर हरुले साथ् दिनुभएको छ। 

 

निकट भविस्य मानै उक्त एल्बमको अरु गीत हरुको म्युजिक   भिडिओ मा पनि काम गर्ने, साथै एल्बम पनि रिलिज् गर्ने कुरा  गायक दीपेश श्रेष्ठले भन्नुभयो।