अभिनेत्री श्वेता खड्का बिवाह बन्धनमा



अभिनेत्री श्वेता खड्का बिवाह बन्धनमा (फोटो) / तस्बिर: Shweta Khadka FB page

अभिनेत्री श्वेता खड्का आजबाट बिवाह बन्धनमा बाँधिएकी छन् । 

धनगढीका विजयेन्द्र सिंह रावतसँग उनले दोस्रो बिहे गरेकी हुन्। आज काठमाण्डौको गोकर्ण फरेष्ट रिसोर्टमा उनको बिवाह भएको हो ।

विवाहमा दुबै तर्फका नजिकका सिमित ब्यक्तिको सहभागिता रहेको थियो। श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र क्षेत्रमा केहि अघिबाट नै चर्चा चलेको थियो ।

पहिलो विवाह गरेको एक महिनापछि नायक श्रीकृष्ण श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको थियो। छोटो समयमै श्रीमानको मृत्यु भएपछि श्वेताले धनगढीका रावतसँग दोस्रो बिहे गरेकी हुन् ।