यस्तो छ ‘मशानघाट–२’



‘मशानघाट–२’ / तस्बिर: enewspathshala

केही महिनाअघि सार्वजनिक भएको गायिका सुनिता खड्काको गीत ‘मशानघाट’को सिक्वेल ‘मशानघाट–२’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा अभिनेता एसराज गराचलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । गीतमा गायिका सुनिता खड्का तथा गायक प्रताप दासको यूगल स्वर सुन्न सकिन्छ । गायिका खड्काले आफ्नी दिवंगत आमा तारादेवीको सम्झनामा यो गीत तयार पारेकी हुन् ।
मशानघाट–२ का शब्दहरु गायिका सुनिता खड्काले नै तयार पारेकी हुन् । गीतमा जय देवकोटाको संगीत तथा संगीत संयोजन छ ।

केशवराज भट्टद्वारा निर्देशित उक्त गीतको भिडियोमा अभिनेता एसराजसँगै विकास लामिछाने तथा गायिका सुनिता खड्काले नै अभिनय गरेका छन् । दीपक गिरीद्वारा छायांकन गरिएको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् ।