एकादशी बजारमा खेमराजको सम्झना



कार्यक्रममा गायक राजेश पायल राई / तस्बिर: internet

खाँदबारी नगरपालिका–९ तुम्लिङटार स्थित मनकामना धाममा लाग्ने ऐतिहासिक एकादशी बजारमा भव्य सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गायक गायिकाहरुले ‘एकादशी बजारैमा’ गीतका गायक स्वर्गीय खेमराज गुरुङलाई सम्झिएका छन् । खेमराजको स्मृतिमा कार्यक्रम भएको हो ।

कार्यक्रममा गायक राजेश पायल राईले करिब एक घण्टा बढि प्रस्तुति दिए । कोरोनाका कारण २ बर्षदेखि नलागेको मेला यसपटक लागेको हो । कार्यक्रममा गायक कमल खत्री, गायिकाहरु मेलिना मैनाली र एलिना चौहान सहित दर्शन बढि कलाकारहरुले प्रस्तुति दिएका थिए । संखुवासभाकै संयोगान्त कुलुङ, नविन दाहाल, आशा अस्मी वान्तवा लगायतले प्रस्तुति दिएका थिए । दुईबर्ष पछि लागेको बजारमा हजारौं मानिसको भिँड थियो । हरिवोधिनी एकादशीको अवसरमा प्रत्येक बर्ष दुई दिन मेला लाग्ने गरेको छ । सोहि मेलालाई नै लक्षित गरि खाँदबारी नगरपालिकाले आइतबार र सोमबार सार्वजनिक विदा दिएको थियो ।