जापानव्यापी तेस्रो रनिगं कप भलिबलको तयारी पुरा

भलिबलको तयारी / तस्बिर: enewspathshala
नेपाल भलिबल संघ जापानको आयोजनामा डिसेम्वर १५ तारिक बुधबार साइतामाको तोदा हलमा आयोजना हुन लागेको भलिबल प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिदै टाइसिट सावर्जानिक गरिएको छ।
मंगलबार सांझ टोकियोमा पत्रकार सम्मेलनको आयोजना गरि संघका अध्यक्ष रत्नसिहं बस्नेतले कुल नौ टिम सहगिता रहने निश्चित गर्दै खेलको टाईसिट सार्वजानिक गर्नुभयो। उहॅाका अनुसार समुह “ए”मा एनबिए जापान, गल्कोट स्पोर्टस जापान, सिजुओका र बोहोराफॅाट क्लवले प्रतिस्पर्धा गर्ने छन भने समुह “बी” मा गल्कोट समाज जापान, गल्कोट समाज ओशाका, नारिता क्लव, गुल्मी समाज र एनवाईएससी क्लवले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन। प्रतियोगितामा विजेता टिमले नगद तीन लाख येन सहित प्रमाण पत्र र शिल्ड हात पार्ने छन। यसैगरि उपविजेताले नगद दुई लाख येन, सेमिफाईनल प्रतिस्पर्धिले ५०/५० हजार येन नगद सहित प्रमाणपत्र पाउने छन।
यसैगरि प्रतिस्पर्धामा व्यक्तिगत उपाधि तर्फ वेस्ट डिफेन्स, किपिगं, वेस्ट सुटर, वेस्ट भलि र बेस्ट कोच गरि विभिन्न विधामा पुरस्कार पाउने छन। भने उत्कृष्ठ एक जना खेलाडीलाई जापानमा नेपालीहरूद्वारा संचालन गरिएको मिराई लाईफ ईन्स्योरेन्सले विशेष पुरस्कार प्रदान गर्ने जनाईएको छ। पत्रकार सम्मेलनमा क्लबले बुधबारको खेलको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराईयो। कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी श्री गुरूङ, प्रतियोगिताका विभिन्न व्यवस्थापन कमिटिका संयोजकहरूको समेत सहभागिता रहेको थियो। कार्यक्रमको संचालन सचिव भिक्टर मगरले गर्नुभएको थियो।