एम्वेसी कप क्रिकेटको उपाधी नेपाललाई

एम्वेसी कपको उपाधी नेपाललाई / तस्बिर: Club
जापानको तोचिगीमा सम्पन्न चौथो एम्बेसी कप क्रिकेटको उपाधी नेपालले जितेको छ।
अक्टोवर ३० र ३१ तारिक जापानमा रहेका आठ देशका सहभागि टिमलाई पराजित गर्दै नेपालले उपाधी जितेकोे हो । फाइनल खेलमा नेपालले बेलायती टोलीलाई आठ विकेटले हराउदै उपाधी हात पार्यो ।
२० ओभरको खेलमा बेलायतलाई ९२ रनमा समेटदै नेपालले सो लक्ष्य दुई विकेटको क्षतिमा पार गरेको थियो। जितका लागि क्याप्टेन अजय ठाकुरले ५७ बलमा ३६ रन जोडेका थिए भने पंकज चन्दले २७ बलमा २२ रन जोडन सफल भए। यता जितका लागि अन्तिम समयमा २१ बलमा ३ चौका सहित २४ रन लिएका विकासजंग केसीको योगदान निर्णायक रहयो। खेलको म्यानअफद म्याच सुजन वास्तोला बने। सुजनले बेलायतको ३ ओभरमा १४ रन दिदै चार विकेट हात पारेका थिए। यस्तै अभिषेक केसीले ४ ओभरमा १७ रन दिएर २ विकेट झारेका थिए। भने रोशन दंगालले ४ ओभरमा १९ रन दिएर एक विकेट पतन गराएका थिए।
पहिलो खेलमा नेपालले बंगलादेशलाई पनि ८ विकेटले पराजित गरेको थियो। चार टिमको ग्रुप बी मा रहेको नेपालले अष्ट्रेलिया तथा न्यूजिल्याण्डको संयुक्त टिमलाई जितेको बंगलादेशलाई हराउदै फाईनल पुगेको थियो। टिम एको उपाधी भने भारतले हात पारेको थियो। टिम ए मा भारत सहित पाकिस्तान, श्रीलंका र जापानको टिम समेत सहभागि थियो।