एनआरएनएलाई विसंगति र विकृति रहित बनाउन एसिया प्यासिफिक उप-संयोजकमा टंक गैरेको उम्मेदवारी
गैरआवासीय नेपाली संघ एनआरएनए मार्फत विदेशमा रहेका नेपालीहरुलाई नेपालको संवृद्धिका लागि पृथक रूपमा आकर्षित गर्ने उदेश्य सहित फुकुओका निवासी व्यवसायी टंक गैरेले एनआरएनए आईसीसी एसिया प्यासिफिक उपसंयोजकमा उम्मेदवारी घोषणा गरेका छन।
संस्थामा रहेका विसंगति र विकृति हटाउने उद्देश्यका साथ एसिया प्यासिफिकको उप संयोजक(डिआरसी) मा फुकुओकामा लामो समययता व्यवसायमा संलग्न टंक गैरेले उम्मेदवारी घोषणा गर्दै अभियानमा निरन्तर लागि पर्ने बताए। जापानका विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय तथा एनआरएनएको गतिविधिमा क्रियाशील गैरेले विदेशमा सिकेको ज्ञान सिप प्रविधि र पूँजीलाई नेपालको विकासमा सहि रूपले कार्यान्वयनका लागि पहल गर्ने बताएका छन। एनआरएनएलाई सबैको आशा र बिश्वासको केन्द्र बनाउनका लागि आफूले उप संयोजक(डिआरसी) मा उम्मेदवारी दिएको बताएका छन ।
एनआरएनए जापानको उपाध्यक्ष, एनआरएनए आईसीसीको सदस्य रहि जिम्मेवारी निभाई सकेका गैरे गत एनआरएनएको निर्वाचनमा उप संयोजक(डिआरसी) पदमा पराजित भएका थिए। निरन्तर रूपमा एनआरएनए अभियानमा सक्रिय रहन उम्मेदवारी रहेकोले आफू सो पदका लागि योग्य उम्मेदवार रहेको गैरेको दाबी छ ।